काठमाडौं, २५ वैशाख । निर्माता सुशील पोखरेलले अर्को चलचित्र ‘राधे’ निर्माण गर्न लागेका छन् । उनले आफ्नो चलचित्रमा निखिल उप्रेती र अशिष्मा नकर्मीलाई लिएर चलचित्र बनाउन लागेका हुन् ।
एक्सन र सोसल ड्रामा श्रेणीमा बन्ने यो चलचित्रलाई जगदिश्वर थापाले निर्देशन गर्ने भएका छन् । चलचित्रमा प्रमोद अग्रहरि, शिशिर भण्डारीलगायतका कलाकारहरुले अभिनय गर्ने पक्का भइसकेको छ भने अन्य कलाकारहरुको समेत चाँडै टुंगो लाग्ने भएको छ । निर्माता पोखरेलका अनुसार फागुन १३ गते चलचित्र रिलिज हुनेछ । चलचित्रको छायांकन असारबाट सुरु हुनेछ ।
उक्त चलचित्रमा अर्जुन पोख्रेलको संगीत, हिमाल केसीको एक्सन, कृष्ण श्रेष्ठको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहने जनाइएको छ ।
प्रतिक्रिया