आर्यन र मरिष्काको ‘रुक रुक’

ruk rukकाठमाडौं, ११ वैशाख । ३१ वैशाखबाट प्रदर्शनमा आउने चलचित्र ‘के म तिम्रो होइन र’ को अर्को गीत सार्वजनिक भएको छ । ‘रुक रुक’ बोलको उक्त गीतमा नायक आर्यन अधिकारी र नायिका मरिष्का पोखरेलको अभिनय छ ।

डा. कृष्णहरि बरालका शब्दमा वसन्त सापकोटाको संगीत रहेको गीतमा प्रह्लाद तिमिल्सिना र मिलन अमात्यको स्वर रहेको छ । सुरेश अधिकारीको लगानी रहेको यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, प्रज्वल सुजल गिरी, सुरेन बस्याल, सविना गोपाली, आकाशबाबु खवास, रमेश अधिकारी, बिनोद केसीको पनि अभिनय छ । चलचित्रमा पटकथा तथा संवाद यम थापाको छ भने नवराजकृष्ण थापाले चलचित्र खिचेका हुन् ।

वसन्त सापकोटा र ताराप्रकाश लिम्बूको संगीत रहेको चलचित्रका अन्य गीतमा सुन्दर श्रेष्ठ र आकाश अधिकारीको शब्द छन् । चलचित्रमा उदितनारायण झा, अन्जू पन्त, राजेशपायल राई, प्रल्हाद तिमिल्सिना, मिलन अमात्य र दुर्गा दाहालको आवाज छ ।

प्रतिक्रिया