मुम्बई । टाइम म्यागेजिनको १ सय प्रभावशाली व्यक्तिको सूचीमा बलिउड नायिका प्रियंका चोपडा परेकी छिन् । यस्तै टेनिस खेलाडी सानिया मिर्जालगायत पनि परेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसवर्ष टाइमको १ सयजनाको सूचीमा अटाएका छैनन् । गतवर्ष उनले प्रभावशाली व्यक्ति १ सयको सूचीमा आफ्नो स्थान सुरक्षित गरेका थिए । बलिउडमा चर्चामा रहेकी प्रियंका पछिल्लो समय हलिउड सिरियल ‘क्वन्टाओ’ मा व्यस्त छिन् । सिरियलमा काम गरिरहेकी प्रियंकालाई हलिउडका अन्य फिल्मबाट पनि प्रस्ताव आउने क्रम जारी छ ।
टेनिस खेलाडी सानियाको सन्दर्भमा टाइमले लेखेको छ ‘उनको विश्वास, क्षमता र जुझारुपनकै कारण आफ्नो करिअर बनाइन् । भारतमै आफ्नो सपना साकार पार्न चाहनेहरूका लागि उनी प्रेरणाको स्रोत हुन् ।’
प्रतिक्रिया