काठमाडौं, ४ वैशाख । यस वर्ष प्रदर्शनमा आएकामध्ये नेपाली चलचित्रमा राम्रो व्यापार गरेको चलचित्र ड्रिम्सको नायक अनमोलपछि दर्शकबाट रुचाइएको कलाकार बनिन् रेखा थापा । बितेको वर्षलाई हेर्ने हो भने नेपाली चलचित्र क्षेत्रमा जम्मा २ जना कलाकार मात्र स्टारडमको आधारमा चलेका छन् । फिल्मको समीक्षा मिश्रित आएपनि स्टारडमकै आधारमा दर्शक हलमा तान्न सफल २ जना कलाकार मात्र देखिएका हुन् ।
अभिनेता अनमोल केसीको फिल्म ‘ड्रिम्स’ले मिश्रित प्रतिक्रिया पायो । तर, उनलाई हेर्न भनेरै हलमा दर्शक ओइरिए । यसैले पनि होला भुवन केसीको हातमा मात्र यो फिल्मले २ करोड जति पारिदियो । सिंगलदेखि मल्टिप्लेक्समा दर्शक ओइरिएका थिए । त्यस्तै वर्षको अन्त्यमा रिलिज भएको फिल्म ‘रामप्यारी’ पनि स्टारडमकै आधारमा चल्यो । अभिनेत्री रेखा थापालाई हेर्न भनेरै दर्शक हलमा आए । सिंगल थिएटरमा यो फिल्मको व्यापार उच्च थियो । रेखा सिंगल थिएटरमा राज गर्ने अभिनेत्री हुन् ।
हुन त, अभिनेता निखिल उप्रेतीको २ वटा फिल्म ‘भैरव’ र ‘लुटेरा’ पनि स्टारडमकै आधारमा दर्शक बटुल्न सफल भयो । तर, यी दुवै फिल्मको लगानी नउठेको बताइन्छ । रेखा र अनमोलको फिल्म जस्तो व्यापार निखिलको यी दुई फिल्मको छैन । तर, निखिलले आफ्नो स्टारडम फिर्ता भने ल्याएका हुन् । दयाहाङ राई कन्टेन्टका आधारमा चले भने प्रियंका कार्की सफल ब्यानर, मेकर र सहकर्मी कलाकारको बलमै चलेको देखिइन् ।
प्रतिक्रिया