किस्मत –२ असोजमा

kismat-2काठमाडौं । निर्माता छवि ओझाले निर्माण गरेको चलचित्र ‘किस्मत २’को आधिकारीक रूपमै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यसअघि २६ चैत र २८ साउनलाई प्रदर्शन मिति तोकिएको खबर बाहिर आए पनि अब भने चलचित्र विजयादशमीको अवसर पारेर प्रदर्शनमा आउने भएको छ ।
मंगलबार राजधानीमा चलचित्रको वितरण गोपाल कायस्थ र राजधानी बाहिरको एफडी कम्पनीका प्रमुख नरेन्द्र महर्जनले चलचित्र २१ असोजबाट प्रदर्शनको लागि सहमति गरेका छन् । सञ्चारकर्मी सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवादमा तयार भएको यो चलचित्रमा शिल्पा पोखरेल र किशोर खतिवडा मुख्य भूमिका रहेको छ ।
चलचित्रमा सन्तोष पन्त, सपना श्रेष्ठ, रस्मी भट्ट आदि कलाकराले पनि अभिनय गरेका छन् । किरण खरेलको शब्द, अर्जुन पोखरेलको संगीत रहेको यो चलचित्रका छायांकार मदन कास्यप घिमिरे हुन् । ३ जना नृत्य निर्देशकहरू कविराज गहतराज, रामजी लामिछाने तथा कमल राईले चलचित्रका गीतहरूको कोरियोग्राफी गरेका छन् । (सौस)

प्रतिक्रिया