महाभूकम्पपछि सहनै नसक्ने भरियाका चोट

Bhariya-ko-Jivanपेट पाल्ने समस्याले उमेर भन्दो रहेनछ । दोलखा घ्याङसुकाठोकरका ६८ वर्षीय कृष्णबहादुर देब्रे काँधमा नाम्लो टाउकोमा खुम्चिएको ढाका टोपी चाउरीएको गाला उनको आकृति हो । करिब सात दशक पार गरेका उनका आँखा धमिला छन् । कामको खोजीमा न्यूरोड, महाबौद्ध, असन, इन्द्रचोक उनको गन्तव्य हो ।

उमेरले समेत आँखाले धेरै नढम्याउने अवस्थामा पुगेका छोराछोरीको पालनपोषण गर्ने अवस्थामा भारी बोक्दै आएका छन् । अचेल प्रायः धेरै चिन्तामा छन् । उनी काम गर्दै आएको भरियाको कामसमेत भूकम्पका कारणले बजारमा चहलपहल नभएकोमा अझ धेरै चिन्तित छन् ।
कार्कीले भने, कस्तो दशा, तीन वर्ष मात्रै भयो घर बनाएको एक लाख ऋण नै छ । अझै तिरेको छैन, के गर्नु यता घर लडाइदियो भूकम्पले । के गर्नु यता दिनभरमा ३/४ सय कमाइ हुन धौधौ छ । अब कसरी पाल्न सकिन्छ र ७ जनाको जहान ? अन्नको नाममा एक दाना छैन सरकारबाट राहतका नाममा अहिलेसम्म केही पाएको छैन ।
राजनीतिक दलका ठूलाठालूले दिएनन्, के हामी नेपाली होइन र ?’ सहकारीबाट लिएको ऋणको उनलाई चिन्ता छ । परिवार अब कसरी पाल्ने ? मुख लुकाउने कतै ठाउँ छैन । उनले पालसमेत पाएका छैनन् । कार्कीले भने, ‘तीस वर्ष थाप्लो कुच्याएर कमाएको सम्पत्ति सबै स्वाहा भयो । के गर्नु दैवले दशा भनौँ कि के भनाँै यस्तो होला भन्ने कुरा कसैलाई थाहा हँदो रहेछ र ? आफू बसेको घरको कोठामा समेत बस्ने स्थिति छैन, त्यही भएर पाटीमा बास छ ।’ भारीयाहरूको भिडमा पाका उनै हुन् ।
सिन्धुपाल्चोक भोटेचौर–४ का ४६ वर्षीय हरिनारायण धिमाललाई भूकम्पले घर भत्काउँदा भएको छोरीको मृत्युले झनै पिरोलिरहेको छ । ‘मृत्युलाई जित्न नसके पनि एसएलसीमा विद्यालयमा सबैलाई जितेकी रहिछे,’ रुँदै धिमालले भने, ‘खै न घर छ न त छोरी नै । जिन्दगीमा कमाएको कमाइ छोरी पढाउन र नयाँ घर बनाउनमै सकियो, आज साथमा केही छैन ।’
…………..गरिबलाई कतिमा मारेको हो दैबले । न आज केही छ मेरो अब त्यो गाउँमा त कसरी फर्किनु फेरी त्यही । जिल्लामा राहतका लागी धाउदा राहत पाउने भन्दा धेरै खर्च भई सकियो तर कहिले के मिलेन मन्छन् त कहिले मिलेन् । राहत भयो अब त चाहिदैन्न्,उनले भने । अहिले गाउँ बस्ने स्तिथी नभएर सबै परिबार यतै लिएर आएको छु धिमालले भने । अब कसरी परिवार पाल्नेर गाउँमा घर बनाउनेमा चिन्ता छ । २ छोरा र १ छोरालाई कहाँ कसरी पढाउने हो अर्को चिन्ता छ उनलाई ।
कलिला उमेरका भर्खरै मात्र दारीका रेखा उम्रेका कलकलाउदा देखिने काबे्रपलान्चोक कोशीपारीका १६ बर्षिय सुरेश माझी । सुरुसुरुमा पसलमा काम गर्ने गरेका माझी महाबौद्धमा ६ महिना अगाडी मात्रै भरियाको काममा लागेका हुन् ।आफनो परिवारमा आमा र २ भाई र एक बहिनी रहेका कारणले पढ्दा पढ्दै खर्च जुटाउन नसकेका कारणले भारी बोक्न आएको बत्ताए । अचेत त धेरै काम ने चलेको छैन्न् भूकम्प सामान कोहीले लाने गरेका छैन्न् । उत्ता घर भूकम्पले लडाएर कसरी बनाउनु र खै कमाई छैन्न् ।
अर्का एक भरीया महावौद्ध चोकमा बस्ने उनी निकै हतारमा थिए । ’मैले केही सोध्न खोज्दा समेत केही बोल्न समेत चाहाएन्न् । कारण रहेछ दिनभरीमा बल्लतल्ल भारी बोक्न बोलाएको रहेन्छ । बोलेर के र आखिर मुखमा माड लाग्ने होईन् कुरा गरेर के अर्थ ?सिन्धुली तोसरामखोला ३, पतयानीका कालु तामाङले भने,।’भूकम्पले सिन्धुलीमा घर भत्काएर ,परिवार पालको बास छ तामाङले भने,।’ उनले भने ,सुत्केरी श्रिमती पालमा छ बास बर्खा लाग्यो खाने अन्न केही छैन्न् फेरी यता आफनो कमाई समेत छैन् । अब कसरी बस्ने हो पालमा हाबाहुरी झरी र सर्पको त्रास समेत कम छैन्न्। ठूलो झरी आयो भने पालले थेग्दैन्न् सबै पानी भित्र छिरर्छ कस्लाई भनै खै तमाङले भने । के हामी जस्तोको त के सरकार पनि होईन के हो सबै पहुचबाला कै ता रहेन्छ नी । तामाङले विलायना गर्दै थिए खै सरकारले दिने भनेको १५ हजार गाविसहरको सचिब दिएको छैन्न् ।
यता दैनिकी मुस्किलले ३–४ सय रूपैयाँ कमाउने समेत धौउधौउ छ । खै आफु नै वाच्न मुस्किल छ,कसरी पालने हो परिवार कहिले बनाउ घर ।
जिन्दगीको भारी खेप्न भन्दै दोलखाबाट झोलामा नाम्लो कोचेर काठमाडौं छिरेका निरबहादुरलाई लागेको थियो, ‘कतै न्युरोडमा भारी खेप्ने म एक्लै त हुन्न ?’ भारी बोक्न आउने क्रममा घरबाट हिड्दाको सम्झना अझै बिसेका छैन्न् उनले । उनले सोचेको जस्तो रहेन्छ आउदा त यहाँ आखिर । खिचापोखरी र रञ्जना गल्लीतिर पुग्दा भारी खेपेर बालबच्चा र परिवार पाल्नेहरू धेरै भेटिए । जीवनको ५८ वसन्त पार गरेका निरबहादुर दोलखाको श्यामाबाट आएका हुन् । उनले राजधानीको मुटु मानिने न्युरोडमा भारी खेप्न थालेको १६ वर्ष भइसक्यो । भरियाहरूको जक्सन मानिने ओमबहाल र महाबौद्धतिर अचेल काम नभएर दिन भरी सुतेर बस्नुको कुनै विकल्प छैन्न् अरु ।
उनी त हरदिन हातमा नाम्लो लिएर कुनै भारीको खोजीमा रहछन् । उनलाई यही आशा हुन्थ्यो, गोदाम खुल्ला र भारी बोक्न पाइला कि ?तर अचेल यस्तो स्तिथी समेत भएको छैन्न् ।
‘सबैले राहत दिएर आएको देख्दा, आफनो मन भारी भएर आउछँ, राहत लिन जादा समेत सम्बधित जिल्लामा जाउँ भन्छन् । दोलखामा भएको घर समेत ठाडो छैन्न् ,भूकम्प पिडितमा नाम नभएको भन्दै कुनै राहत दिएन्न्,’ निरबहादुर भने, ‘भरिया गरेर अब कति दिन होला र खै! हाम्रो भविष्य के होला अब?’निरबहादुरको पाँचजनाको परिवार छ दुई छोरा, एक छोरी र श्रीमती र आफू अचेल टुडिखेलमा बास छ । पहिला न्युरोडमा भारी खेपेरै निरबहादुरले परिवार धानेका नै थिए । हामी दुःखीको जीवन भने जहाँको त्यहीँ छ ।’भूकम्पमा विदेशबाट हाएको राहत कंहा छ खै त्यो हामीले नपाउने हो त आखिर! ,सरकारले हामी जस्ता गरिवलाई के गर्‍यो त खै सरकारले ?’
ओखलढुङ्गाका ५५ बर्षका डम्वर बहादुर दमाइको समेत अरुको भन्दा कम छैन्न् पिडा । घर छ बाहिरबाछ हेर्दा जस्ताको त्यथै दखिन्छ तर केहिले लड्ने हो भित्री पट्टिको गारो सग्लो छैन्न् कतै । पालमा बस्दै आएका छन् परिवार तर सरकारले घर नलडेको भन्दै राहत दिएको छैन्न् केही ।
यता दमाइ न्युरोडमा भारी खेपेको पैसाले उनले आफ्नो छुट्टै कोठा समेत लिएर बस्न सकेका थिएन्न् । ‘पाँचजना अरु भारी खेप्नेहरूसित ओमबहालमा बस्दै आएको घर भत्केकाले बास टुडिखेलमा छ सेनाले कति बस्न दिने हो ,’ उनले भने, ‘महिनामा १५ हजारसम्म कमाउँछु । भूकम्प जानु भन्दा पहिला हरेक महिना घर पुगेर परिवारलाई केही खर्च छाडेर फर्किन्थे।’ दिनभरी भारी कतै बोक्न भनेर कुदौकुदै साझँ पर्छ कहिले त ३ सय रूपैया कमाउन समेत धैउधैउ हुन्छ । अहिले खाना ,खाजा चुरोट र चिया खाने पैसा हुदैन्न् । अहिले परिवार के पठाउनु खर्च ?
प्रायः विहान देखी बेलुकासम्म बेस्त देखिने भारी बोक्न फुर्सद नहुने भरियाहरू आजकाल दिनभरी नै फुस्दिलो नै देखिन्छ ।
बर्खा लाग्यो घर रोपाईमा जाने तारखर छैन्न् दोलखाका काटाकुटी १ का दिल बहादुर बस्नेतलाई । अरु भरीयाको भन्दा कम पिडा छैन्न बस्नेतको पनि घर भत्केको छ परिबार पालको बास छ । अघिल्लो बर्ष असार लाग्दै जाने बस्नेत अहिले जाने सुरमा छैन्न् ।बस्नेतले भने, भूकम्पले खेतमा पानी नअडिने अबस्था नै छैन्न् धर्धरी धाजा फाटेको छ रोपाई कसरी गर्नु ।, बस्नेत भने यस पाला त भोक मारी लाग्छ की क्या हो अन्न रोपेको नी पसाङ्गिएको छ कसरी बाच्नुँ यस पाला ।,

प्रतिक्रिया