
तनहुँकाे दमौलीस्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ निषेधको निर्णयविरुद्ध स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी साधन रोक्न नपाइने नयाँ व्यवस्था लागू गरेपछि व्यवसायीहरूले आफ्ना पसलहरू बन्द गरेर विरोध जनाएका हुन् ।
नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले सफा सडकमा पार्किङ निषेधको निर्णय गरिएको जनाएको छ। यसका साथै उक्त क्षेत्रका केही भागमा एकतर्फी (वान-वे) सवारी सञ्चालनको व्यवस्था समेत लागू गरिएको छ ।
पार्किङ निषेधको यस निर्णयले व्यापार व्यवसायमा प्रत्यक्ष र नकारात्मक असर पर्ने भन्दै व्यवसायीहरूले यो व्यवस्थामाथि तत्काल पुनर्विचार गर्न माग गरेका छन् ।
भिडियो: पुष्प रानाभाट/नेपाल फोटो लाइब्रेरी







प्रतिक्रिया