प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले बैठक सुरु हुनासाथ आ–आफ्नो स्थानमा उभिएर विरोध कायमै राखेका छन् ।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ बैठकको सुरुमै रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन् । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्कीलाई आफ्नो कुरा राख्न समय उपलब्ध गराएका थिए ।

सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा छानविन हुनुपर्ने माग गरे । राप्रपा सांसद रोशन कार्कीले पनि भिजिट भिसाका सम्बन्धमा आएका विषयमा छानिबिनको माग गरिन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन सुरु भएपछि दुवै दलका सांसदहरु बैठक छाडेर बाहिरिएका छन् । राप्रपा र रास्वपाले यही भिजिट भिसा प्रकरणको विषय उठाउँदै विगत लामो समयदेखि निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गर्दै आइरहेका छन् ।

प्रतिक्रिया