
आठबिसकोट । रुकुम जिल्लाको आठबिसकोट नगरपालिकामा एउटा मात्रै बैक छ । यहाँ प्रभु बैंकबाहेक अन्य बैंक छैनन् । पालिकाभर एउटै मात्र बैंक हुँदा जनताले सास्ती खेप्नु परेको छ ।
बैंकमा आउने सेवाग्राहीले सहज र चुस्त दुरुस्त सेवा पाउने अपेक्षा गर्छन् । तर सेवाग्राहीले बैंकमा पुगेपछिसास्ती मात्रै पाउने गरेका छन् । स्थानीय सरकार सञ्चालन भएको झन्डै ८ वर्ष पुग्दा पनि बैंक क्षेत्रमा झनझन समस्या थपिँदै गएको छ । भूगोल ठुलो र रुकुम पश्चिम, जाजरकोटसम्मका सेवाग्राही उक्त बैंकमा आउने हुँदा बैंकमा भिडभाड बढेपछि सेवाग्राहीलाई सेवा लिन सकस भएको हो ।
चेक साट्ने, पेन्सन बुझ्ने,खाता खोल्ने जस्ता कामका लागि बैंकमा पुग्ने सेवाग्राहीले सहज रुपमा सेवा पाउन नसकेको गुनासो गरेका छन् । किस्ता निकाल्न भोग्नुपरेको सास्तीले भूकम्पपीडित समेत मर्कामा परेका छन्। नगरपालिकाको वडा नम्वर १,२,३,४,५ र ६ का नागरिकहरूबैंककै कामका लागि एक हप्ताको समय छुट्याएर पालिका केन्द्र आउन बाध्य छन् । समयमै बैंकमा पालो नपाउने र आउजाउमा मात्रै दुई दिन लाग्ने हुँदा उनीहरूलाई बैकिंङ कारोबारोमा समस्या थपिएको छ । यहाँ जिल्ला भित्रबाट मात्र होइन, अन्य जिल्लाबाट पनि सेवाग्राही आउँछन्। स्थानीय तहहरूमा कम्तिमा ३÷४ वटा बैंकहरू स्थापना गर्नुपर्नेमा एउटै बैंक हुँदा सास्ती बेहोर्नु परेको छ । यहाँ भूगोल ठूलो र वस्ती धेरै टाढा भएकोले अवस्था हेरेर बैंकहरू थप्नुपर्ने देखिन्छ ।
सामाजिक सुरक्षा भत्ता बुझ््न जेष्ठ नागरिकहरू अरुकै आवश्यक परेको बेला सेवाग्राहीहरूले रकम झिक्न नपाउँदा सास्ती खेप्नुपरेको छ । चेक सकिएर चेक थप्न र सामाजिक सुरक्षाभत्ता लिन आएका आठबिसकोट १२ का ७५ वर्षिय रते पुन आइतवार बैंकको गेटमा भेटिए । उनी बिहान १० बजे बैंकमा पुगेर आफ्नो चेक सकिएको जानकारी गराउँदा बैंकले दिउँसो ३ बजे मात्रै चेक बन्छ भनेपछि उनी दिनभर आशामा बसे तर त्यो दिन उनले चेक पाएनन् । सामाजिक सुरक्षाभत्ता निकालेर घर खर्च चलाउनका लागि चेक लिन आएका पुनले दिनभर कुरेर पनि चेक नपाएको गुनासो पोखे । उनले भने,‘घरबाट बैंक पुग्न आतेजाते ६ सय रुपैयाँ लाग्छ । बासबस्नुपर्दा एक दुई हजार नै सकिन्छ । बैंकले समयमै काम नगर्दा दुःख पाउनु प¥यो । उनी जस्तै हजारौंका पीडा छन् । पोषण भत्ता, भुकम्पपीडितको किस्ता र अन्य कारोबारका लागि पनि सेवाग्राहीले सास्ती खेप्दै आएका छन् ।
ग्रामीण भेकमा बैंकिङ कारोबार कम हुन्छ भनेर पनि बैंक तथा वित्तीय संस्था गाउँगाउँमा जान मान्दैनन् । जसको सास्ती स्थानीयले खेप्नु परेको छ । दिनभर बैंकको पालो कुरेर खाता नखोली घर फर्कनुपर्ने बाध्यता उनीहरूमा छ । सधैँ जसो सामाजिक सुरक्षा भत्ता लिन आउने सेवाग्राहीले सास्ती खेप्ने गरेको आठबिसकोटको प्रभु बैंकमा अहिले चाप बढेको छ । भूकम्प प्रभावितहरू खाता सञ्चालनका लागि बिहानैदेखि बेलुकासम्म बैंक अगाडि लाइन लाग्छन् ।
तर दिनभरी लाइनमा पालो कुरेर पनि काम नगरी उनीहरू घर फर्कने गरेका छन् । खाता खोल्नसमेत बैंकमा संघर्ष गर्नुपर्ने अवस्था छ । पालिकामा एक मात्र बैंक हुदा जेष्ठ नागरिकका लागि बैंकिङ प्रणाली झन्झटिलो भएकाले पालिकाको भुगोल तथा जनसंख्या अनुसार बैंकहरू थप्नुपर्ने तर आठ वर्षसम्म एउटै बैंक रहेको छ ।दिनहुँ बैंकमा भीड बढेपछि वृद्धवृद्धा र महिलाहरूले अरुकै सहरा लिनुपरेको गुनासो गरेका छन् । देशैभरका सबै पालिकामा बैंकिङ सेवा पु¥याउने सरकारको नीति छ । मुलुकभरका पालिकामा बैंकिङ सेवा पुगे पनि प्रयाप्त नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

रुकुम पश्चिम
प्रतिक्रिया