अमृत रामदामको तीज गीत ‘बरेली बजारको’

काठमाडौं । अमेरिका बसोबास गर्दै आइरहेका गायक अमृत रामदामको नयाँ तीज गीत ‘बरेली बजारको’ सार्वजनिक भएको छ । उक्त गीतमा गायक रामदाम र सुनिता बुढा क्षेत्रीको युगल आवाज रहेको छ । गीतमा नेत्र अर्यालको शब्द रचना रहनुका साथै खेम सेञ्चुरीको संगीत रहेको छ ।

त्यसैगरी विनोद भण्डारीको निर्देशन रहेको गीतको भिडियोमा प्रशान्त मगरको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा विमल अधिकारी, जुना सुन्दास, यादव देवकोटा (सरापे) र बिशालको अभिनय रहेको छ ।

यस गीतलाई अमृत रामदामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो समय एकपछि अर्को गरेर नयाँ–नयाँ गीतहरु सार्वजनिक भइरहेको होडमा आफूले पनि हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीजलाई लक्षित गरेर यस गीत ल्याएको गायक अमृत रामदामले बताए ।

प्रतिक्रिया