पछिल्लो वर्ष यसरी छाएका थिए, शाहरूख

भारतीय सिने उद्योगको संसारमा भिन्न खालको महत्व छ । भारतीय सिने उद्योगमा यस वर्ष २०२३ मा पनि विगतमा जस्तै चलचित्रको परम्परा रह्यो । केही फिल्मले भने दर्शकको मनमा साँच्चै प्रभाव पारेको छ । फिल्मी ड्रामा, कमेडी, मसला मिसिएको रोमान्स तथा प्रतिद्वन्द्वी विषय नै प्रमुख बने ।

शाहरूख खानको ‘पठान’ हिन्दी दर्शकका लागि मात्र नभई संसारका अन्य देशका दर्शकका लागिसमेत हेर्न लायक फिल्मको रूपमा प्रस्तुत भएको छ । यस फिल्मले शाहरूख खानलाई नयाँ खालको भूमिकामा स्थापित गरेको छ । साथै यसलाई ९० को दशकका सुपरस्टार शाहरूखको उत्कृष्ट कम ब्याक चलचित्रको रूपमा समेत हेरिएको छ । बलिउड फिल्मको इतिहासमै दोस्रो धेरै आम्दानी गर्ने फिल्मको रूपमा ‘पठान’ कीर्तिमान राख्नसमेत सफल भएको छ । सोसियल ड्रामाको परम्परालाई कायम राख्दै यस वर्ष ‘सिर्फ एक बन्दा काफी है’ पनि बनेको थियो । शक्तिशाली राजनीतिक नेता समेत बलात्कारको आरोपसहेको सो फिल्मको घटना भने दुर्लभ मानिन्छ । तथापि नयाँ जर्नाको फिल्मको रूपमा यसलाई सबैले स्वीकार गरेका छन् । साथै धेरैले मन पराएका पनि छन् ।

दीपक किंगाानीले निर्देशन गरेको सो चलचित्रमा मनोज बाजेपेयीको अभिनयलाई धेरैले मन पराएका छन् । बाजेपेयी यस चलचित्रबाट दर्शकको मनमा धेरै नै छाउन सफल भएका छन् ।
रणवीर कपुर रहेको ‘तु झुठी मे मक्कर’को २०२२ मै छायांकन सुरु भएको थियो । पान इन्डियन स्टाइलको सेरोफेरोको झझल्को दिने सो चलचित्रलाई नयाँ प्रयोगको रूपमा पनि लिइएको छ । रोमान्टिक कमेडीका लागि परिचित रणवीरको सो चलचित्रमा ठिक उल्टो भूमिका छ । बरु श्रद्धा कपुरले ब्रेक कप कल्सन्ट्यान्टको रूपमा अनौठो भूमिका निर्वाह गरेकी छिन् । चर्चित कमेडियन अनुभव सिंहले बंसल रणवीरको साथीको भूमिका निर्वाह गर्दै डेब्यु गरेका छन् ।

मानवीय जीवनका जटिलतामा आधारित ‘सत्य प्रेम कि कथा’ यस वर्षको अर्को चर्चामा रहेको चलचित्र हो । कार्तिक आर्यन र कायरा आडभानीको सो फिल्ममा आक्रमणको सुइँको पाएपछिको अवस्थालाई सो फिल्ममा देखाइएको छ । यसमा मुख्य एजेन्ट विद्युत् जमालको भूमिका छ । अन्त्यमा हाइच्याक गने योजना फेल गर्न उनी सफल भएका छन् ।
धार्मिक कारणले समाजमा आएको राजनीतिक विवाद ‘केरेला स्टोरी’मा प्रस्तुत गरिएको छ । आफ्ना श्रीमानसँग यात्रा गरेका तीन महिलाको वास्तविक जीवनमा सो फिल्म बनाइएको हो । उनीहरू अफगानिस्तानमा आइएसआइएसको प्रभाव क्षेत्रमा पुगेपछि पाएको दुःख देखाइएको छ । अदाह शर्मा फिल्मको केन्द्रबिन्दु बनेकी छिन् । हिन्दी दर्शकका माझ छाएको सो फिल्म सन् २०२३ मा तेस्रो धेरै आम्दानी गर्ने हिन्दी फिल्म पनि हो ।

चोरीको कथामा आधारित ‘चोर निकल्के भागा’ यस वर्षको एउटा सफल फिल्म हो । अपराधको प्लटमा फिल्म तयार भएको हो । यमी गौतम र सन्नी कौशल फिल्मका मुख्य कलाकार हुन् । दुईको रोमान्स पछि गएर आपराधिक पार्टनरको रूपमा परिणत भएको कथाको सेरोफेरोमा सो फिल्म रहेको छ । उनीहरूको फ्लाइट नै अर्को आपराधिक गिरोहबाट हाइज्याक भएपछि उनीहरूको सबै योजना विफल हुन्छ ।

लामो समयपछि करण जोहरले पनि सन् २०२३ मा सानदार कम ब्याक गरेका छन् । सन् २००० को दशकमा जोहरको सफल चलचित्रको झझल्को यस वर्ष ‘रक्की और रानी की प्रेम कहानी’ले दिएको छ । बलिउडका भेट्रान जया बच्चन र सबना आज्मीको सानदार कम ब्याक पनि यस फिल्ममार्फत भएको छ ।

रणवीर सिंह र आलिया भट्ट फिल्मको मुख्य कलाकारको रूपमा देखिएका छन् । भिन्न पृष्ठभूमिका यी दुई प्रेममा परेपछि कथाको रोमाञ्चक मोडको सुरुआत हुन्छ । यो फिल्म पुरानो मसलादार फिल्मको याद दिलाउने किसिमको पनि छ । कमेडी मिसिएका एक्सन थ्रिलर कुट्टी यस वर्षको अर्को सफल हिन्दी फिल्म हो । विशाल भारद्वाजको यस फिल्ममा अर्जुन कपुरको मुख्य भूमिका छ । ड्रग स्क्यान्डल, प्रहरी र लडाईंको सेरोफेरोमा यस फिल्म बनेको हो ।

अनुराधा राय चौधरीको लस्ट यस वर्षको सफल फिल्म हो । फिल्ममा यामी गौतमले क्राइम रिपोर्टरको भूमिका निर्वाह गरेकी छन् । सामान्य विषयमा सुरु भएको कथा अन्त्यमा लामो विषयमा टुंगिएको छ । भिन्न समीक्षकको नजरमा भिन्न फिल्म सफल मानिन सक्छन् । अर्थात् उत्कृष्ट गनिन सक्छन् । कतिपयले ‘टु वेल्थ फल’लाई वर्षको सबैभन्दा सफल फिल्मको रूपमा हेरेका छन् । त्यसो त धकधक, खुफिया र गोल्ड फिसलाई पनि त्यत्तिकै राम्रो फिल्मको रूपमा हेरिएको छ । अन्य सफल चलचित्रमा गमेर र ओमाइ गड टु पनि रहेका छन् । समग्रमा साहरूख खानको कम ब्याक भने यस वर्षको फिल्म दुनियाँको महत्वपूर्ण विषय बनेको छ ।

प्रतिक्रिया