शान्ती श्रीले मागिन् माफी

काठमाडौँ । गायिका शान्तीश्री परियारले आफूले गाएको गीत विवादमा परेपछि माफी मागेकी छन् । ‘बिस्ताराले पोल्यो’ बोलको तीज गीतबारे चर्को आलोचना भएपछि उनले एक विज्ञप्ति निकाल्दै माफी मागेकी हुन् ।

‘गीत गायनकै क्रममा हरि गिरी विमर्शी युट्युब च्यानलबाट ११ साउनमा प्रसारित ‘बिस्ताराले पोल्यो’ भन्ने गीतमा मेरो आवाज छ । सो गीत तीज विशेष, लोक वा दोहोरी कुनै पनि विधा अन्तर्गतको नभए तापनि उक्त गीतको भिडिओका केही दृश्यका कारण दर्शक, स्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्ष्यमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालहरूमा धेरै नकारात्मक टिकाटिप्पणी आइरहेको हुँदा म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र आदरणीय शुभचिन्तकहरूप्रति आँच पुग्न गएको आभास भएको हुँदा क्षमाप्रार्थी छु,’ विज्ञप्तिमा उल्लेख छ । साथै शान्तिश्रीले आगामी दिनमा शब्द–संगीत छनोट गरी गाउने वाचासमेत गरेकी छन् ।

प्रतिक्रिया