नयाँ सदस्यता माग गर्दै काभ्रेका क्रियाशील पत्रकारहरुद्वारा महासंघलाई ज्ञापनपत्र

काभ्रे । काभ्रेका क्रियाशील पत्रकारहरुको संघर्ष समितिले नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई नयाँ सदस्यता माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । विगत झण्डै एक दशकदेखि आफूहरु पत्रकारिता पेशामा आबद्ध भएर निरन्तर क्रियाशील पत्रकारिता गर्दै आएकोमा महासंघले नै खुलाएको विभिन्न मितिको नयाँ सदस्यता आह्वनमा आफूहरु लाई विभिन्न बहानामा सदस्यता दिन आलटाल गर्दै गरेको भन्दै उनीहरुले संघर्ष समिति गठन गरेको बताएका छन् ।

उनीहरुले आफूहरु अब पनि आफ्नो सदस्यता टुंगोमा पुर्याउन नसके चरणबद्ध आन्दोलन गर्ने समेत कार्यक्रम तय गरेको ज्ञापनपत्रमा उल्लेख छ । क्रियाशील पत्रकारहरु मानकाजी सुवाल, मणिराम दाहाल, पूजन धिताल, अरविन्द गौतम, रोशन पौडेल, रूपक घिमिरे, भक्त बहादुर दाहाल, बालकृष्ण, बजगाई, अमित न्यौपाने, हरिहर घिमिरे, पुरुषोतम नेपाल, समीर चौलागाई, कपिल दनुवार, सागर घिमिरे, दिनेश भण्डारी, ज्योती श्रेष्ठ, चित्र प्रसाद घिमिरे, विपासना शाक्य, रवि धिताल, सनम सुवाल धिताल, विमेश सापकोटा र अनिश पोखरेलसहित तीन दर्जन क्रियाशील पत्रकारहरुले समितिमा आबद्धता जनाई आन्दोलनमा एक्येबद्धतासहित सहभागी जनाएका छन् ।

समितिको पहिलो बैठकले निर्णय गरेर पहिलो चरणको आन्दोलनमा महासंघलाई चेतावनी सहितको ज्ञापनपत्र बुधबार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिनालाई बुझाएका छन् । उनीहरूले नयाँ सदस्यता टुंगो नलगाई महासंघको निकट आएको साधारण सभालगायत कुनै पनि गतिविधि नबढाउन ज्ञापनपत्रमार्फत चेतावनी दिएका छन् ।

प्रतिक्रिया