करोडौँ मूल्यको बोधिचित्तका बोट काटिए, फेसबुकमार्फत धम्की

काभ्रे । हरेक वर्ष विभिन्न कारणले चर्चामा रहने बोधिचित्त मालाको बोट अन्तत अज्ञात समूहले काटिदिएको छ । काभ्रे जिल्लाको रोशी–५ मा रहेको र सधैं चर्चामा रही आएको बोधिचित्त मालाको बोट मध्यरातमा अज्ञात समूहले काटिदिए पछि यतिबेला हंगामा भएको छ । ठकुरानी तामाङको घरमा रहेको बुद्धचित्तको रुख अज्ञात समुहले चैत ३० गते मध्यरातमा फडानी गसरदिएका छन् ।

रुख काटेसँगै सो स्थानमा चार थान सकेट बम राखेर समूह फरार भएका छन् । शुक्रबार दिउँसो सेनाको टोलिले विस्फोटक सामग्रीलाई डिस्पोज गरेको थियो । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोलि घटनास्थलमा पुगेको थियो । सशस्त्र प्रहरीको टोलि र सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर डिस्फोज गराएको काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जानकारी दिइन् ।

उनले रातको १ बजेको समयमा रोशि गापा–५ नागबेली स्थीत ठाकुरानी तामाङको बारीमा रहेको बोधिचित्त मालाको बोट १५÷२० जनाको संख्यामा आउका अपरिचित व्यक्तिले काटेको बताइन् । घटना हुने बित्तिकै इ.प्र.का मङगलटारमा बिहानी पख २ः३० बजे प्रहरी टोली घटना स्थलमा पुग्दा बुद्धचित्तको बोट काटिएको र सोही घरको ढोका र आगनमा ४ वटा घरेलु सकेट बम राखि नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको जनाएको छ ।

सो घटनाको अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । हरेक वर्ष जेठ, असार र श्रावण महिनामा सोही बोटको बोधिचित्त माला कहिले सुरक्षाको लागि भन्दै सिसी क्यामेरा, कहिले हेलिकप्टर चार्टर गरेर ढुवानी, कहिले मध्ये रातमा अज्ञात समूहले लुटपाट गर्दै आएको र बोधिचित्त धनीको भनाइ छ । यति मात्रै होइन, धनी माथि अर्को सम्झौता गर्ने पक्षले मुद्दा समेत गर्दै आएको थियो ।

यौटै बोट दुई जना ठेकेदारलाई बेचेको भन्दै पर्ने मुद्दामा पछिल्लो समय सत्य लामा र समीप त्रिपाठीले सो बोटको मालाको लागि घरधनीलाई बैना रकम समेत दिइसकेको बताइन्छ । विपक्षीले बुद्धचित्तको रुखका धनीलाई फोन तथा म्यासेज गरेर पटक–पटक बुद्धचित्त मालाका कारोबारीले धम्क्याउदै आएको र सो आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको बताइएको छ ।

प्रहरीले मानबहादुर तामाङ भनिने (सिजन) लाई पक्राउ गरेको छ । जसले एक महिनाअघि २२ फागुनमा बुद्धचित्त रुखका धनी शेरबहादुर तामाङलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गेम इज ओभर नेक्स्ट इयर (अर्को साल खेल खत्तम)’ भनेको भेटिएको छ । सोही बोटमा पटकपटक हुन्थ्यो लुटपाट, अर्को समूहसँग सम्झौता भएपछि लुटिएको आशंका गरिएको छ ।

बहुमूल्य बुद्धचित्त फल्न सुरु गरेपछि व्यवसायीले सुरक्षा गार्ड खटाउने र सीसी टीभी जोड्ने गरेका थिए । यसपालि फूल लाग्ने वित्तिकै रुख काटियो । एक महिनाअघि ‘गेम इज ओभर’ भन्दै धम्की दिइएको भेटिएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा शुक्रबार दिउँसो मानबहादुर तामाङ (सिजन) लाई पक्राउ गरेको छ, जसले एक महिनाअघि २२ फागुनमा बुद्धचित्त रुखका धनी शेरबहादुर तामाङलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ‘यदि मैले माला पाइनँ भने त्यो कसैको हुँदैन’ भनेर धम्की दिएको बताइन्छ ।

बजारमा सधैं चर्चामा रहेको बुद्धचित्तको माला लिनलाई व्यवसायीबीच हानथाप हुँदै आएको थियो । त्यसक्रममा सिजनले पनि यो रुखमा आँखा लगाएका थिए । दुई÷तीन महिनाअघि वार्षिक ३ करोड रुपैयाँ दिने गरी सम्झौता गरेर ५ वर्षलाई सत्यमान लामा र समीप त्रिपाठीलाई रुख बिक्री गरेको थियो ।

बुद्धचित्त मालामा काभ्रेका आपराधिक पृष्ठभूमिका विभिन्न व्यक्तिसमेत जोडिँदै आएका छन् ।

प्रतिक्रिया