काभ्रेमा बुद्धचित्तको रुख मध्यरातमा अज्ञात समूहले काट्यो, सकेट बम भेटियाे

काभ्रे । काभ्रेको रोशी गाउँपालिका–५ मा रहेको एउटा सधैँ चर्चामा रहीआएको बुद्धचित्त मालाको रुख मध्यरातमा अज्ञात समूहले काटिदिएको छ । ठकुरानी तामाङको घरमा रहेको बुद्धचित्तको रुख अज्ञात समूहले मध्यरातमा फडानी गरेको प्रहरीले जनाएकाे छ ।

सो स्थानमा चार थान सकेट बम राखेर समूह फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ । सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको र सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको जिल्ला प्रसाशन काभ्रेले जनाएको छ ।

रातको १ बजेको समयमा रोशी गाउँपालिका– ५ नागबेलीस्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्धचित्त मालाको रुख अपरिचित १५–२० जनाको समूहमा आएर काटेको भन्ने खबर इलाका प्रहरी कार्यालय मंगलटारमा राति २ः३ बजे खबर प्राप्त हुनासाथ टोली खटीएको र उक्त टोली घटनास्थलमा पुग्दा बुद्धचित्तको रुख काटिएको प्रहरीले जनाएको छ ।

ठकुरानी तामाङको घरको ढोका र आँगनमा चारवटा घरेलु सकेट बम राखिएको नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया