दोलखा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु

दोलखा । दोलखामा बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षीया महिला नेतर्नी लामाको महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौंबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा ३ ख ६३७४ नम्बरको रोल्वालिङ यातायातको बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

विगु गाउँपालिका–४ को फिस्टेढुंगाबाट घर फर्किँदै गरेकी लामालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चालक कालिञ्चोक गाउँपालिका–४ का २६ वर्षीय नारायण बुढाथोकीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिगटीमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।– रासस

प्रतिक्रिया