नारायणी कलेजकाे भवनमा आगलागी

हेटौँडा । हेटौँडा उपमहानगरपालिका– १० स्थित तुलसीमेहर आवासीय मावि तथा नारायणी कलेजको भवनमा आगलागी भएको छ । मंगलबार साँझ ५ बजेतिर विद्युत सर्ट भएर अचानक आगलागी भएको विद्यालयका प्रधानाध्यापक रघुनाथ खरालले बताए ।

हेटौँडा उपमहानगरपालिकाको वारुणयन्त्रले विद्यालय भवनमा लागेको आगो नियन्त्रणमा लिएको थियो । विद्यालयको नियमित पढाई सकिएपछि घटना भएकाले मानवीय क्षति भने नभएको खरालले जानकारी दिए । आगलागीमा भवनको पाँचौँ तलामा रहेको सेमिनार हल पूर्णरुपमा क्षति पुगेको छ ।

प्रतिक्रिया