जनयुद्ध दिवसमा मुगुको खत्याड गाउँपालिकाले सार्वजनिक बिदा दिने

मुगु । मुगुको खत्याड गाउँपालिकाले जनयुद्ध दिवसमासार्वजनिक बिदा दिने भएको छ । सर्वोच्च अदालतको आदेशले गृहमन्त्रालयले फागुन १ गते जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा नभएको प्रष्ट पारिरहेको बेला मुगुको खत्याड गाउँपालिकाले गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

खत्याड गाउँपालिकाका वा अध्यक्ष भरतबहादुर शाहीद्वारा हस्ताक्षरित सूचनामा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जगमा रहेको महान जनयुद्ध सुरु भएको २०५२ फागुन १ गते स्मरण गर्दै २०८० फागुन १ गते खत्याड गाउँपालिकामा सार्वजनिक बिदा दिने भनी सूचना प्रकाशित गरेको हो ।

गाउँपालिकाका वा अध्यक्ष शाहीद्वारा हस्ताक्षरित सूचनामा २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्धको स्मरणमा खत्याड गाउँपालिकाअन्तर्गतका सबै सरकारी तथा गैरसरकारी संस्था विद्यालयलाई उक्त दिन सार्वजनिक बिदा दिने भनिएको छ ।

प्रतिक्रिया