कुमारी बैंकको फेस्टिभ अफर

काठमाडाैं । कुमारी बैंक लिमिटेडले फेस्टिभ अफर सार्वजनिक गरेको छ ।​​ क्रिसमस, योमरी पुन्ही तथा तमु ल्होसारको अवसरमा बैंकले नागरिक बचत खातामा आकर्षक छुट तथा अफरहरू सार्वजनिक गरेको हो ।

बैंकका अनुसार यो अफर यही पुस ८ देखि लागू भएर २० गतेसम्म कायम रहनेछ । जसमा नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधा निःशुल्क प्रदान गरिनेछ । तर सो खातामा न्यूनतम् रकम एक हजार रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ ।

उक्त सुविधाहरू नागरिक बचत खातामा मात्र लागू हुनेछन् । डिजिटल बैंकिङ सेवाहरूलाई प्रोत्साहन गर्न तथा बैंकिङ सेवामा उत्कृष्टताको परम्परालाई निरन्तरता दिँदै ग्राहकलाई समृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको बैंकको दाबी छ ।​

बैंकले ३०९ शाखा, ३१४ एटीएम, ६५ शाखारहित बैंकिङ इकाई तथा ४९ एक्स्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ । आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया