हतियार देखाएर सहकारीको रमक लुटपाट

सर्लाही । सर्लाहीको हरिपुर्वामा बिहीबार बिहानै सहकारीको रकम लुटपाट भएको छ । हरिपुर्वा नगरपालिका–५ मा रहेको जयगंगा वचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले बोकेको रकम लुटपाट भएको सहकारी संस्थाले जनाएको छ । ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा सहकारीको बसतपुर शाखाका प्रमुख रामनाथ राय र कर्मचारी निरा रायले नजिकैको एनआइसी एसिया बैंकबाट पैसा झिकेर कार्यालय जाँदै गर्दा बाटैमा लुटपाट भएको संस्थाका अध्यक्ष गणेशकुमार यादवले जनाकारी दिए ।

हरिपुर्वा नगरपालिका–६, हनुमान चोक नजिकैबाट अज्ञात समूहले बाटो घेरी हतियार देखाएर लुटपाट गरेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कर्मचारीहरूले प्रतिकार गर्न खोज्दा अज्ञात समूहले एक राउन्ड हवाई फायरसमेत गरेको प्रत्यक्षदर्शीको भनाइ छ । नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जना लुटेरा समूह हवाइ फायर गर्दै भागेको स्थानीयले बताए ।

सूचना प्राप्त भए लगत्तै घटनाको विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दीपेन्द्र पंजियार थारूले जानकारी दिए । हतियारधारी समूह लुटपाटपछि हर्दी खोलातर्फ भागेको प्रत्यक्षदर्शीले जानकारी दिए । घटनास्थल प्रहरीचौकी हरिपुर्वाबाट चार सय मिटरको दुरीमा रहेको छ ।

प्रतिक्रिया