पोखराको लेकसाइड २४सै घण्टा खोल्न उच्च अदालतको आदेश

काठमाडौं । पोखराको पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खुला गर्न अदालतले आदेश दिएको छ । देवीकुमारी बरालको रिट निवेदनमा उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले उक्त आदेश गरेको हो ।

देवी कुमारी बरालले २४ घण्टा नै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखी जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन् ।

प्रतिक्रिया