ग्लोबल आइएमई बैंकमार्फत डिजिटल दक्षिणा दिंदा १० प्रतिशत ‘क्यासब्याक’

काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा क्यासब्याक’ दिने योजना सार्वजनिक गरेको छ ।

बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया दशमी २०८०को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रुपमा पैसा पठाउँदा १० प्रतिशत (रु.१०० सम्म) बैंकको आफ्ना ग्राहकहरुलाई दक्षिणा स्वरुप तुरुन्तै ‘क्यासब्याक’ पाउनेछन । ग्राहकहरुले पैसा पठाउँदा प्रोमोकोड अंग्रेजीमा ‘दक्षिणा’ लेखी पैसा ट्रान्सफर गर्नुपर्नेछ ।

ग्लोबल आइएमइ बैंकको ग्लोबल स्मार्ट ए्याप प्रयोगकर्ता ग्राहकहरूले २०८० कार्तिक ७ गते विजया दशमीको दिन बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म बैंकको दक्षिणा ‘क्यासव्याक’ अफरमा सहभागी हुन पाउने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा कार्यालय, ३७१ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४५ लाख भन्दा बढि ग्राहकलाईं सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया