काभ्रेमा छुट्टा छुट्टै सवारी दुर्घटनामा २ को मृत्यु ७ घाइते

काभ्रे । काभ्रेमा पछिल्लो २४ घण्टामा भिविन्न छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलबार साँझ पनौती नगरपालिका-१० स्थित दाहालटारमा रोकिराखेको बा७च ६२७७ नम्बरको बोलेरोमा बा६५प ७१३९ नम्बरको स्कुटर अनियन्त्रित भई ठोक्किँदा स्कुटर चालक १६ वर्षीय इरोज ताम्राकारको मृत्यु भएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । स्कुटरमा सवार पनौती-७ बस्ने ठाडोबाटोका सुबोध श्रेष्ठ सामान्य घाइते भएका छन् ।

उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै आज वुधबार बिहान ७ बजेको समयमा जिल्लाको काभ्रे पनौती ५ सुन्दरबस्ति स्थित काठमाण्डौबाट पुर्व ईलामतर्फ जादै गरेको बा ६४ प १७७२ नं. को मोटरसाइकललाई सोही दिशा जाँदै गरेको बा.प्र. ०३-००१ ज ०२९८ नं. को ईलेक्ट्रोनिक गाडीले ठक्कर दिई भाग्ने क्रममा सोही स्थित सड़क कुनाको नालिमा खस्दा उक्त गाडिमा र मोटरसाइकलमा सवार गरि ७ जना घाईते भएका छन् ।

प्रतिक्रिया