धादिङमा चाडपर्व लक्षीत बजार अनुगमन

धादिङ । धादिङमा चाडपर्व लक्षीत बजार अनुगमन सुरु भएको छ । सोमबारदेखि जिल्ला बजार अनुगमन टोलीद्वारा सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको नेतृत्वमा बजार अनुगमन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार आज पहिलोदिन पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङको मौवाखोलाबाट अनुगमन सुरु गरिएको छ ।

अनुगमनका क्रममा १२ वटा पसल तथा फर्महरुमध्ये ३ वटालाइ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

पराजुलीका अनुसार अनुगमनका क्रममा जरिवानाबापत रु१५ हजार तिराइएको छ भने १५ हजार ३ सय रुपैयाँ बराबरको म्याद नाघेका र सडेगलेका सामग्रीहरु जफत गरीएको छ । अब निरन्तर रुपमा अनुगमन गर्दै जाने सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिएका ।

अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलु तथा साना उध्योग कार्यालय, खाध्री प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोट र वेनिघाट रोराङ गाउँपालिका लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया