वाग्मती प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा

काठमाडौं । वाग्मती सरकारले भदौ २२ (आज) प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा दिइएको हो ।

भदौ १८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको थियो ।

प्रतिक्रिया