लम्पी स्किन रोगबाट क्षति पुगेका पशुपालक किसानलाई सहकारीको राहत

काभ्रे । जनमैत्री साकोस पनौती -१ रयालेले लम्पी स्किन रोगबाट क्षति बेहोर्नुपरेका शेयर सदस्यहरुका लागि संस्थाको तर्फबाट राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । यस सस्थाका ३२ शेयर सदस्यका ३६ वटा गाईबस्तुको लम्पी स्किन रोगबाट मृत्यु भएको तथ्याङ्क को आधारमा मृत्यु भएको प्रति गाई ५ हजारका दरले राहत उपलब्ध गराइएको थियो ।

संस्थाका अध्यक्ष राजकुमार सापकोटाको अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष लगायतका पदाधिकारी एव सल्लाहकारहरुले राहत रकम सम्बन्धित शेयर सदस्यहरुलाई वितरण गरे ।

आफ्ना शेयर सदस्यहरुको सुख दुखको साथी बन्न सस्थाले सक्दो पहल गर्ने गरेको सस्थाका लेखा सुपरिवेक्षण समिति सयोजक प्रदिप सापकोटाले बताए ।उनका अनुसार सहकारी सामाजिक उत्तरदायित्वका कार्यहरुमा निरन्तर लागि परेको छ । यो साकोसका करिव ३ हजार सेयर सदस्यहरु छन ।

प्रतिक्रिया