आफ्नै बारीको स्याउला काट्दा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

काभ्रे । आफ्नै बारीको डिलमा रहेको रुखको स्याउला काट्न जाँदा रुखले छोएको करेन्ट शरीरमा प्रवाह हुँदा एक जनाको ज्यान गएको छ । सोमबार साँझ ६.३० बजेको समयमा काभ्रे जिल्लाको पाँचखाल नगरपालिका १० ढुङ्गेटार बस्ने बर्ष ५८ को काईला तामाङकाे करेन्ट लगाेर ज्यान गएकाे हाे ।

करेन्टलागेर बोल्न नसक्ने अवस्थामा गम्भिर अवस्थामा धुलिखेल अस्पताल पर्याइएका तामाङकाे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते कान्छा तामाङको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनकाे अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया