राष्ट्रिय युवा संघ मकवानपुरद्वारा मूल्यवृद्धि भएकाे भन्दै विरोध प्रदर्शन

हेटौँडा । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले सरकारले गरेको अस्वभाविक मूल्यवृद्धिको विरूद्धमा विरोध प्रदर्शन गरेको छ । आज प्रदेशको राजधानी हेटौँडामा मोटरसाइकल तथा स्कुटर धकेली मूल्यवृद्धिको विरोध गरेको हो ।

सरकारले एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुहरुमा भइरहेको चर्को मूल्यवृबृद्धिको बिरोध गर्दै हेटौँडाको सिमाचोदेखि बुद्धचोकसम्म युवाहरुले मोटरसाइकल तथा स्कुटर धकेलि बृहत र्यालीसहित विरोध गरेको हो ।

र्यालीमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, महंगी भ्रष्टाचार नियन्त्रण गर, ए सरकार–तेरो मूल्यवृद्धिले मेरो ढाड सेकियो, ए सरकार – जनता लुटिने कहिलेसम्म ? दलालहरू होशियार, दैनिक उपभोग्य वस्तुमा गरिएको मूख्यवृद्धि नियन्त्रण गर, राष्ट्रिय युवा संघ नेपाल जिन्दाबाद, आकासिदो महँगो महंगी नियन्त्रण गर जस्ता नारा लेखिएको ब्यानरसहित युवा संघका नेता कार्यकता प्रर्दशनमा उत्रेका थिए । उक्त कार्यक्रममा युवा संघ मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेतीले मूल्यवृद्धि फिर्ता नलिए अझै सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिए ।

सो र्यालीको कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटिका कोषाध्यक्ष नरेन्द्र भण्डारी, खेलकुद महासंघ बागमती प्रदेशका सचिव जेन श्रेष्ठले आक्रोशित रुपमा भाषण गर्दै सरकारले पेट्रोलियम पदार्थसँगै अन्य पदार्थको पनि मूल्य बढाएको र आम उपभोत्ताको ढाड सेक्ने काम गरेको हुँदा यसको तत्काल फिर्ता गर्न आग्रह गरे ।

प्रर्दशनी कार्यक्रममा उग्र एवं आक्रोशित नारा लगाउँदै युवा संघ मकवानपुरका कोषाध्यक्ष सुरेश बेरोजगारले र्यालीलाई नेतृत्व गरेका थिए भने जिल्ला कमिटी सचिवालय सदस्य अनिल अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । प्रर्दशनी कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठलगायत एमाले तथा युवा संघका कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया