महिन्द्राले ल्यायाे नयाँ गाडी ‘स्कर्पियो–एन’

काठमाडौं । एसयूभी सेग्मेन्टका लागि नेपालकै अग्रणी कम्पनी महिन्द्राले नयाँ गाडी ‘स्कर्पियो–एन’ नेपाली बजारमा भित्र्याएको छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा पाएको सफलतापछि नेपाली बजारमा यो गाडी भित्र्याएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार स्कर्पियो–एन नेपालमा महिन्द्राको एसयूभी लाइनअपमा पछिल्लो थप सवारी–साधन हो । जसले प्रतिष्ठित ‘ट्विन पिक्स’ लोगोको साथ ब्रान्डको विशिष्ट पहिचान प्रदर्शन गरेको छ ।

नयाँ स्कर्पियो–एन सार्वजनिक गरेसँगै काठमाडौं, इटहरी र धनगढीमा पनि आफ्नो एसयूभी नेटवर्क विस्तार भइसकेको कम्पनीले जनाएको छ ।

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका अन्तर्राष्ट्रिय अपरेशन, अटोमोटिभ सेक्टरका प्रमुख सचिन अरोलकरले बहुप्रतिक्षित अल–न्यू स्कर्पियो–एनलाई नेपालको जीवन्त बजारमा ल्याउन पाउँदा उत्साहित भएको प्रतिक्रिया दिए ।

यो गाडीको अविश्मरणीय डिजाइन, अत्याधुनिक सवारी सञ्चालन र ह्यान्डलिङ, रोमाञ्चकारी प्रदर्शन, उन्नत टेक्नोलोजी, सुरक्षाको सुनश्चिततात र निस्सन्देह, यसको भू–भाग–विजयी क्षमता भएका कारण एसयूभीहरूको नयाँ युगको प्रतिनिधित्व गर्ने उनले बताए ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ नेपालका अत्याधुनिक एसयूभी प्रेमीहरुका लागि नयाँ स्कर्पियो–एन प्रस्तुत गर्न पाउँदा गौरवान्वित भएको बताए । स्कर्पियो–एन साहसिक कार्यको लागि इन्जिनियरिङ गरिएको र संसारभरको सबैभन्दा चुनौतीपूर्ण भू–भागहरूमा परीक्षण गरिएको उनले बताए ।

नयाँ स्कर्पियो–एनमा आकर्षक ३ वर्ष/१ लाख किलोमिटरको वारेन्टी प्लान रहेको कम्पनीले बताएको छ ।

कति पर्छ मूल्य ?

नयाँ गाडी ‘स्कर्पियो–एन’ को परिचयात्मक प्रारम्भिमक मूल्य ८१ लाख ५० हजार रुपैयाँ तोकिएको महिन्द्राले जनाएको छ ।

भेरियन्ट मूल्य


स्कार्पियो एन डिजेल जेड४ २डब्ल्यूडी एमटी ७ एसटीआर ८१,५०,०००


स्कार्पियो एन डिजेल जेड४ ४डब्ल्यूडी एमटी ७ एसटीआर ९०,००,०००


स्कार्पियो एन डिजेल जेड८ ४डब्ल्यूडी एमटी ७ एसटीआर १,१४,००,०००


स्कार्पियो एन डिजेल जेड८ ४डब्ल्यूडी एटी ७ एसटीआर १,२४,००,०००

कम्पनीका अनुसार यो मूल्य ३० सेप्टेम्बर २०२३ सम्म मात्र लागू हुनेछ ।

प्रतिक्रिया