व्यवसायलाई परिस्कृत र परिमार्जन गर्न आवश्यक छ : मेयर काफ्ले

रौतहट । चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय काफ्लेले अब पुरानो ढंगले नभइ नयाँ ढंगले व्यवसाय गर्नुपर्ने बताएका छन् । सोमबार होटल तथा पर्यटन व्यसायी संघ रौतहटको प्रथम जिल्ला अबिधेशनमा उनले व्यवसायलाई परिस्कृत र परिमार्जन गर्न जरुरी रहेको बताएका हुन् ।

प्रमुख अतिथिसमेत रहेका मेयर काफ्लेले पर्यटन र होटल व्यवसाय एक आपसमा परिपुरक रहेको बताउँदै पछिल्लो समय थलिएको व्यवसाय र बैंकको चर्को व्याजदरका कारण व्यापारीहरु आजित बनेको र पलायन हुनुपर्ने अवस्था सिर्जना हुन लागेकोमा चिन्ता व्यक्त गर्दै कार्यपालिका बैठकमा नगरपालिकाले यो समस्याको समाधानका लागी गर्न सक्ने पहलका बारेमा छलफल गरेर केही निर्णय लिने आश्वासन समेत दिए ।

कार्यक्रममा मेयर काफ्लेले पछिल्लो समय चन्द्रपुरको पर्यटकियस्थल भु—माफियाको कब्जामा पर्दै जान लागेकाले यसको विरुद्ध सिंगो नगरवासीले खबरदारी गर्न जरुरी रहेको बताउँदै समृद्ध नगर बनाउन सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

त्यस्तै, ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख उपसचिव झपेन्द्र चापागाँईले पर्यटन व्यवसायमा सम्भाव्यता हेरेर लगानी गर्नुपर्ने बताए । कार्यक्रममा अधिकांश वक्ताले कानूनको दायरामा रहेर व्यवसाय गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया