गायक प्रमोद खरेलको कन्सर्टमा भीड बढ्दा ९ घाइते

धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको भीडमा नौ जना घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ ।
अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए ।

कन्सर्ट हेर्न आउनेको भीडमा परी घाइते भएकाको विवरण र क्षति भने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए । शनिबारका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया