प्युठानमा दिनप्रतिदिन चोरीका घटना बढ्दै

प्युठान । प्युठानको झिमरुक गाउँपालिकाको ढाड बजारमा बेलुका करिब ७ बजेको समयमा एक घरमा चोरी भएको छ । सोमबार झिमरुक-५, ढाडाबजार बस्ने पदम खड्काको घरबाट तीन लाख नगर सहित ८ तोला सुन एक थान टिभी, ल्यापटप, मोबाइल,चोरी भएको पदम खड्काले बताए । टिभी र ल्यापटप नेसनल बोर्डिङ स्कुल नजिक फेला परेको छ ।

घरमा पदम खड्काको बुहारी संगिता खड्का रहेको र उनलाई एक्कासि अपरिचित ब्यक्तिले नसालु पदार्थ सुघाएर बेहोस बनाएपछि चोरी गरेर भागेको स्थानीयले बताएका छन् । संगिता खड्का घरमा चिच्याएपछी स्थानयले थाहा पाएपछि चोर भगेको स्थानीयले बताएका छन् । चोरी गर्ने ब्यक्तिको खोजी भैरहेपनी फेला परेको छैन । संगिता खड्का अहिलेसम्म बेहोस भएकोले उनलाई उपचारको लागि जिल्ला अस्पताल प्युठानको इमर्जेन्सी वाडमा उपचार भैरहेको बिनोद पोख्रेलले जानकारी दिएका छन् ।

प्युठानमा यो भन्दा पहिले पनि गौमुखी गाउँपालिका झिमरुक गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका केही स्थानमा चोरी भएको थियो । खोजी कार्य भैरहेपनी अहिलेसम्म चोरी गर्ने ब्यक्ति पहिचान हिन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

प्रतिक्रिया