सेयर बजारमा ४६ अंकको वृद्धि

काठमाडाैं । सेयर बजारको उकालो यात्रा सोमबार पनि कायम रहेको छ । बजार ४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा अडिएको छ । यस दिन ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर लिमिटेड, जोशी हाइड्रोपावर लिमिटेड, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । कारोबार रकमका आधारमा भने रिडि पावर र ङ्यादी ग्रुप अग्रस्थामा छन् ।

प्रतिक्रिया