चुनावको सुरुवाती परिणामको संकेत : त्रिशंकु संसद, अस्थिर सरकार


काठमाडौं, । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको हालसम्म प्राप्त भएको परिणामाको सन्देशले त्रिशंकु संसद , र त्यसबाट बन्ने सरकार अस्थिर देखिन्छ। अहिलेको चुनावी प्रक्रियाबाट भविष्यमा समेत यसप्रकारको संसद र सरकार बन्ने रहने बलियो संभावना भएको छ।

अस्थिरताको सुरुवात भने यस भन्दा अघिल्ला संसदमा पनि नभएका होइनन् । तर नेपालको संविधान २०७२ जारी भएको संंविधान अनुसार यो दोस्रो संसद हो । २०७४ सालको निर्वाचनमा एमाले र माओवादीबीच तालमेल थियो। त्यसरी लडेको निर्वाचनमा सो गठबन्धनको झण्डै दुई तिहाई आएको थियो। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको विवाद छल्न र आफु नभएपछि कुर्सी भाँच्ने सन्देश दिदै दुई तिहाइको सरकार बनाउने संसदको कत्लेआम गरेपछि दोस्रो चुनावमानै त्रिशंंकु संसद र अस्थिर सरकार बन्ने गरी निर्वाचन परिणामले संकेत गरेको छ।


त्रिशंकु संसद


बिहीबार सम्म प्राप्त प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको परिणाम अनुसार कुनै पार्टीको पनि बहुमत आउने संकेत देखिएको छैन । प्रदेश सरकार समेत मिलिजुली बन्नुपर्ने बाध्यता बनेको छ । अहिले सम्मको प्रत्यक्ष तथा समानुापतिक मतगणनको परिणाम अनुसार नेपाली कांग्रेस सबैभन्दा ठुलो पार्टी बन्ने भएको छ । अहिलेको रुझान कायम रहेमा कांग्रेसको ९० देखि १ सय सिटको उपस्थिति हुने छ ।

त्यसैगरी एमालेको प्रतिनिधि सभामा ७५ देखि ८० सिटको संभावना बढेको छ । यसो हुँदा कांग्रेस र एमाले संसदको एकै बेन्चमा रहने छैनन् । कांग्रेस सरकारमा भएमा एमाले प्रतिपक्षमा र एमाले सरकारमा भएमा कांग्रेस प्रतिपक्षमा रहने निश्चित जस्तै छ। संसदमा यस अघि निर्णायक शक्ति बनेको माओवादीको त्यो शक्तिमा समेत क्षेय हुने खतरा देखिदैछ।

अस्थिर सरकार


संसदमा नयाँ शक्तिका रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति राम्रो भए पनि उसको सरकारमा सहभागिता रहने वा नरहने भन्नेमा अन्यौलमा छ । उसको प्रत्यक्ष र समानुपतिक गरी १५ सिटको हार हारीमा आएको खण्डमा कांग्रेस, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्न सक्छ । तर रास्वपार्टीले दिएको नारा र आश्वासन यस्तो सरकारबाट कति पुरा हुन्छ भन्नेमा आंशक छ । यी तीन पार्टीबीच सरकार बनाउने सहमति भए पनि नेतृत्व कसले गर्ने भन्ने विवाद उठने निश्चित छ ।
संसदमा सबैभन्दा ठुलो दल बन्ने कांग्रेस भित्र सरकारको नेतृत्वका बिषयमा आफै भित्र बिवाद छ । सो पार्टीका नयाँं पुस्ताले त्यसको दावी गरिरहेकोले यो पनि अर्को चुनौती बनेको छ ।

सबै बिकल्प छोडेर नयाँं शक्तिलाई सरकारको नेतृत्व दिने भनेर रवि लामिछानेको पार्टीलाई जिम्मा दिएमा यो सरकार कति स्थिर हुन्छ ? सत्ताको चास्नीमा पल्केका पार्टीहरु कति सम्म खपेर बस्लान त्यसैले अबको संसदको काम सरकार फेर्ने र ढाल्नेमा केन्द्रित हुने हो कि भन्ने त्रास झन बढेको छ ।

प्रतिक्रिया