धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका प्रतिनिधिसभामा तीनवटै उम्मेदवार विजयी भएका छन् । यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा समाजवादीले सत्ता गठबन्धनको भागबण्डामा पाएका प्रतिनिधिसभाका तीन वटै सिटमा एकीकृत समाजवादीले जित हासिल गरेको हो ।
सत्ता गठबन्धनको भागबण्डामा समाजवादीले डोटी, अछाम १ र बझाङमा गरी ३ सिट पाएकोमा तीनै सिट जितेको छ । डोटीबाट प्रतिनिधिसभा सदस्यमा सो पार्टीका नेता पूर्वमन्त्री प्रेमबहादुर आले निर्वाचित भएका छन् । आले निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
आलेले २७ हजार २१० मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरि पराजित भएकी छन् । त्यस्तै बझाङबाट रहेका प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन् ।
जोशीले २८ हजार १४३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत प्राप्त गरेका छन् । त्यस्तै अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर विजयी भएका छ्न ।
कुँवर एमालेका उम्मेदवार झपड बोहरालाई ४ हजार ४८९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । कुँवरले १९ हजार ५३४ मत प्राप्त गरेका छ्न् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बोहराले १५ हजार ४५ मत प्राप्त गरे ।
एमालेसँग विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारका प्रमुख प्रतिष्पर्धी उम्मेदवार पनि सबै क्षेत्रमा एमालेका नै थिए । प्रतिनिधीसभाका १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा सत्ता गठबन्धनको भागबण्डामा नेपाली कांग्रेसले ९, माओवादी केन्द्रले ४ र एकीकृत समाजवादीले ३ सिट पाएको थियो ।
कैलाली
प्रतिक्रिया