बझाङ प्रदेश सभा १ मा कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी

बझाङ । बझाङ प्रदेश सभा १ मा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका छन । सिंह नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ७ सय ७६ मतले पराजित गर्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले १७ हजार १सय १२ मत प्राप्त गर्नुभयो भने एमालेका नेता ओखेडाले १३ हजार३सय ६६ मत प्राप्त गरे ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) नेपालका कर्णबहादुर खड्का ४ सय २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हरिलाल भट्टराईले ४ सय ४ मत प्राप्त गरे ।

प्रतिक्रिया