कालिकोटमा २ स्थानीय तहको मतगणना सम्पन्न, कसले कति मत पाए ?

कालिकोट । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि कालिकोटमा २ स्थानीय तहको मतगणना सम्पन्न भएको छ भने तिलागुफाको समाचार तयार पार्दा सम्म ९ वडाको मत परिणाम सार्वजनिक भएको छ ।

शुभकालिका, महावै र तिलागुफाको वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९ मतगणना गर्दा प्रतिनिधसभामा नगिन्द्रबहादुर शाही– सूर्य चिन्हबाट–५ हजार ३४ मत प्राप्त गरेका छन् ।

गठबन्धनबाट महेन्द्रबहादुर शाही हँसिया हथौड़ा चिन्हबाट ५ हजार ५ सय ३७ मत पाएका छन् । यस्तै कालिकोट प्रदेश ‘क’ बाट कुर्मराज शाही सूर्य चिन्हबाट ४ हजार ८ सय ३८ मत पाएका छन् ।

यस्तै गठबन्धनबमट दुर्गबहादुर रावत हँसिया हथौड़ा चिनहबाट ५ हजार २ सय ५० मत प्राप्त गरेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया