रौतहट ४ (क) प्रदेशसभामा वाम लोकतान्त्रिकका भट्टराई विजयी

चन्द्रपुर । रौतहट क्षेत्र नम्बर ४ (क) प्रदेशसभामा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार युवराज भट्टराई समीर विजयी भएका छ्न् ।

उनले १५ हजार ३ सय ६८ मत प्राप्त गरेका छ्न् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अखिलेश्वर चौधरीलाई ५ हजार ८७ मतान्तरले उछिन्दै विजय हासिल गरेका हुन् ।

एमालेका उम्मेदवार चौधरीले १० हजार २ सय ८१ मत प्राप्त गरे भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार बालकृष्ण श्रेष्ठले ९ हजार ६ सय १९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे ।

प्रतिक्रिया