मुगुमा आजदेखि मतगणना सुरु

मुगु । मुगुमा आजदेखि मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको चार दिनपछि यहाँ मतगणना सुरु भएको हो ।

प्रतिनिधिसभातर्फ आजबाट मतगणना सुरु भएको हो । दुई हजार ४६ मतगणना हुँदा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उमेदवार एनबहादुर शाहीले एक हजार १२ प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजबहादुर कार्कीले ९३३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । रासस

प्रतिक्रिया