धनगढी । कैलाली क्षेत्र नम्बर ३ मा प्रदेशसभाका दुईवटै निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (क) मा घनश्याम चौधरी र प्रदेश (ख) मा खुशीराम चौधरी विजयी भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा (क) मा नागरिक उन्मुक्तिका घनश्याम चौधरीले १३ हजार ९२३ मत प्राप्त गरि विजयी भएका छ्न् भने उनका प्रतिसष्पर्धी नेपाली कांग्रेसका खेमराज डगौरा थारुले ११ हजार ५७२ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेशसभा (ख) मा नागरिक उन्मुक्ति पार्टीका खुशीराम चौधरी विजयी भएका छ्न् । चौधरीले ७ हजार ५३९ मत प्राप्त गरेका छ्न् भने उनका प्रतिष्पर्धी नेकपा एकीकृत समाजवादीका अमर साउँदले ६ हजार ६१९ मत प्राप्त गरि पराजित भएका छन् ।
साउँद सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री हुन् । कैलाली ३ मा प्रतिनिधिसभामा यसअघि नागरिक उन्मुक्ति कै गंगाराम चौधरी विजयी भइसकेका छ्न् ।
कैलाली
प्रतिक्रिया