धनगढी । डोटी प्रदेशसभा (ख)मा माओवादी केन्द्रका उम्मेदवार शिवसिंह ओली विजयी भएका छन् । ओलीले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमालेका टेकबहादुर बमलाई ९१९ मतले पराजित गर्दै विजयी भएका हुन् l
गठबन्धन साझा उम्मेदवार माओवादी केन्द्रका ओलीले १४ हजार ४७ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिष्पर्धी एमालेका बमले १३ हजार १२८ मत प्राप्त गर्दै पराजित भएका छन् । सो क्षेत्रमा ३० हजार २३४ मत खसेका र १ हजार ७३२ मत बदर भएको जनाइएको छ ।
सो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्टले प्रदेशसभा सदस्यमा निर्वाचन जितेका थिए। भट्ट सुदूरपश्चिमका मुख्यमन्त्री छन्।
कैलाली
प्रतिक्रिया