मकवानपुर । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मकवानपुरमा ५९ प्रतिशत मत खसेको छ । आज सम्पन्न निर्वाचनमा कुल मतदाता ३ लाख ७ सय ३३ जना मध्ये १ लाख ७८ हजार २ सय ८२ जनाले मतदान गरेका हुन । मकवानपुरको दुई निर्वाचन क्षेत्रमा ९२ हजार ८ सय ७७ महिला, पुरुष ८५ हजार ४ सय जना र अन्य ५ जना गरी १ लाख ७८ हजार २ सय ८२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताउनु भयो । जिल्लामा प्रारम्भिक तथ्यांक अनुसार करिब ५९ प्रतिशत मत खसेको निरौलाले बताए ।
मकवानपुरमा २ वटा प्रतिनिधि सभा र ४ प्रदेशसभा निर्वाचनमा क्षेत्र १ मा ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेका थिए । भने क्षेत्र २ मा १ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । राती अबेरसम्म जिल्लाका मतपेटिकाहरु संकलन हुने प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार ८ बजेका लागि सर्वदलीय बैठक बोलाइएको उनले बताए । उनले भने,‘‘सर्वदलीय बैठकबाट भएको सहमतिअनुसार मतगणना प्रक्रिया अगाडि बढाउने छौं ।’ एकैपटक ८ स्थानमा मतगणना गर्ने तयारी निर्वाचन अधिकृतको कार्यालयले तयार गरेको छ ।
मकवानपुर
प्रतिक्रिया