आर्थिक विकासको लागि गठबन्धनलाई मत दिन आवश्यक : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् ।

संघीयता अनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकार सूची अनुसार कानून बनाउन आवश्यक रहेको उनको भनाइ छ । काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सिंहले संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेको बताए ।

‘संसद्को दुई कार्यकाल संविधान लेखनमा गयो, एक कार्यकाल संविधान जोगााउनै लाग्यो, अब कार्यान्वयनमा लैजानुपर्यो’, शनिबार भएको प्रचारप्रसार कार्यक्रममा उनले भने ।

प्रतिक्रिया