वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रतिबद्धता पत्र सार्वजानिक

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

आसन्न निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले आज आयोजित कार्यक्रममा प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिए ।

‘स्थानीय तहको निर्वाचनमा एमालेद्वारा घोषणा–पत्र प्रतिबद्धता पत्रको कार्यान्वयन गर्न संघीय र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सहयोग र समन्वय गर्ने प्रतिबद्धता गर्दछौँ’, प्रतिबद्धता पत्रमा भनिएको छ ।

भौतिक संरचना निर्माण गर्दा भिन्न रुपले सक्षम नागरिक तथा बालबालिका मैत्री संरचनाहरु निर्माण गर्न पहलगरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

एमालेले आगामी निर्वाचनमा सो क्षेत्रको प्रदेशसभा (क) मा पार्टीका केन्द्रिय सदस्य नारायण सिलवाल र प्रदेशसभा (ख) मा पार्टीका काठमाडौं जिल्लाअध्यक्ष दीपक निरौलालाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया