
काठमाडौं । कालिकोटमा विष्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु भएको छ, भने चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार तिलागुफा १० कि ४ वर्षकी झरना थापाको उपचारका क्रममा मृत्यु भएको हाे ।
तिलागुफा १० कि ४ वर्षकी झरना थापाको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । घटनामा सोही ठाउँकै ७ वर्षीय कमल थापा, ५ वर्षीया मुस्कान थापा, ३ वर्षीय सपना थापा तथा ४ वर्षीय सरस्वती राना गम्भीर घाइते भएका छन्।
उद्धारका लागि हेलिकप्टर पठाउन निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटक पदार्थ पड्किँदा गम्भीर घाइते भएका बालबालिकाको उद्धारका लागि हेलिकप्टर पठाउन निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशनपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर अवतरण गरिसकेको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसका कुनै कसर बाकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया