एनआइसी एशिया बैंक २५औं बर्षमा

काठमाडौं । एनआईसी एशिया बैंक २५ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले रजत जयन्ती मनाउने बताएको छ । आगामी दिनमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिग सेवा एवं सुविधा प्रदान गर्दै सबै सरोकारवालाको पहिलो रोजाईको बैंक बन्ने अठोट गरेको पनि उस्ल जिकिर गरेको छ ।

आर्थिक वर्ष ०५६/५७ मा १ कित्ता बराबरको साधारण शेयरमा लगानी गर्ने शेयरधनीको हालसम्म आइपुग्दा उक्त शेयर संख्या १३.१२ कित्ता पुगेको र यस्को बजार मुल्य ९ हजार ५ सय २१ रुपैया बराबर रहेको बैंकले जनाएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिगको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको बैकले जनाएको छ ।

गत अर्थिक वर्ष २०७८/७९ मा मात्रै ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएको पनि बैकले जनाएको छ ।

बैंकले आव २०७८/७९ मा खुद मुनाफा ४.५३ अर्ब आर्जन गर्न सफल भएकोे छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल १९.६५ प्रतिशत रहेको छ । जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले आ.व. २०७८/७९ को चौथो त्रयमाससम्ममा १२ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । सोही त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंकको मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिग मार्फत बैंकिग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको उस्को दावी छ ।

प्रतिक्रिया