मन्दाकिनी हाइड्रोपावरको आईपीओ आउने

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ बाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

निष्कासन गर्न लागेको कुल सेयरमध्ये २ प्रतिशत सेयर कर्मचारीका लागि र ५ प्रतिशत (५८ हजार ८ सय ३) कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने बाँकी रहेको १० लाख ९३ हजार ७ सय ४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने आईपीओमा आवेदन दिने समय साउन १२ सम्म रहेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड छ । लगानीकर्ताले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया