अपर हेवाखोला हाइड्रोपावर आईपीओ खुला

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको ३० प्रतिशतले हुन १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १५ लाख कित्ता आईपीओ निष्कासन बिक्री खुला गरेको छ ।

कम्पनीको सार्वजनिक निष्कासन गरेको सेयरमध्ये दुई प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा सुरक्षित गरेको छ । बाँकी १३ लाख ९५ हजार कित्ता साधारण सेयरहरु धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार सर्वसाधारणको लागि निष्कासन गरी बिक्री वितरण हुने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा छिटोमा असार २८ गतेसम्म र उक्त अवधिमा निष्कासन हुने सेयर बिक्री हुनेगरी आवेदन नपरेमा भने आवेदन दिने अवधि ६ गतेसम्म थप हुनेछ । सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया