काठमाडौ । एन आई सी एशिया बैंकले आषाढ १२ देखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टास ग्राहक लक्षित गरि ल्याइएको बैकले जनाएको छ ।
छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार डबल देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्ने पनि बैकले जनाएको छ ।
यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदासँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदा, तीन कर्जा सम्बन्धी फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालन गरेको थियो ।
प्रतिक्रिया