हिमालयन हाइड्रोपावरको आईपीओ खुल्याे

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि धिताेपत्रकाे प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।  कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषका लागि र ३९ हजार ३६५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।  बाँकी १८ लाख ३० हजार ४७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

कम्पनीले आयाेजना प्रभावित स्थानीयलाई सेयर निष्कासन गर्दा बिक्री नभएको ६ लाख १८ हजार २५० कित्ता  पनि सर्वसाधारणलाई निष्कासन गर्न लागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई वैशाख २५ गतेदेखि जेठ २३ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

लगानीकर्ताले असार १९ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ । कम्पनीले कास्कीमा ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरी बिजुली उत्पदन गरिरहेको छ ।

प्रतिक्रिया